नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ सञ्चालक समिति गठन ।

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ सञ्चालक समिति गठन ।

March 17, 2024

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) को प्रवर्ध्दक संस्थाहरुबाट मनोनित सञ्चालकहरुको मिति २०८० फागुन २४ गते बसेको बैठकद्वारा नयाँ सञ्चालक समितिको गठन भएको छ। उक्त बैठकमा सञ्चालक श्री झविन्द्र लाल उपाध्याय ज्यूलाई नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (NDPC) को अध्यक्ष पदमा चयन गरिएको छ। साथै सञ्चालक समितिको अन्य सदस्यहरुमा श्री बिमल आचार्य ज्यू, श्री संजिव कुमार श्रेष्ठ ज्यू, श्री रिको स्थापित ज्यू र श्री सोनी श्रेष्ठ ज्यू रहनु भएको छ।

 

नेपालको डिजिटल भुक्तानी क्षेत्रमा अग्रणी खेलाडीको रूपमा NDPC राष्ट्रभर वित्तीय समावेशीकरण र नवपरिवर्तन बढाउन अग्रसर रहेको छ। नयाँ सञ्चालकहरुको नियुक्तिले कम्पनीको प्रगति, उन्नति साथै रणनीतिक दिशा निर्देशन निर्क्यौल गर्न सहयोग पुग्ने बिश्वास गरेका छौं।