नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

Jan. 26, 2024

मिति २०८० पौष २४ गते (तदनुसार जनवरी ०९, २०२४) मंगलबार नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ।यस कम्पनीका अध्यक्ष श्री राजेन्द्र अर्यालज्यूको अध्यक्षतामा सम्पन्न तेस्रो वार्षिक साधारणसभामा कम्पनीका संचालक समितिका सदस्यहरू, शेयरधनीहरु साथै उच्च व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहेको थियो। 

 

उक्त सभामा यस कम्पनीका अध्यक्ष श्री राजेन्द्र अर्यालज्यूले नमस्ते पे को सेवा तथा सुविधाहरु अझै परिष्कृत गर्दै लाने प्रतिबद्धता व्यक्त गर्नुभयो।यसैगरी नेपाल टेलिकमका प्रबन्ध निर्देशक श्री संगिता पहाडीज्यूले तेस्रो वार्षिक साधारण सभाका लागि शुभकामना दिनुका साथै २७ वटा वालेटमाझ प्रतिस्पर्धा गर्नु र बजारमा ढिला प्रवेश गरेता पनि धेरै चुनौतीहरुको सामना गरी आफूलाई स्थापित गर्नु सह्रानीय रहेको बताउनुभयो।साथै संस्थापक संस्था भएको नाताले यस कम्पनीलाई अघि बढाउन नेपाल टेलिकमको साथ सदैब रहिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।  

 

यसै गरी यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री प्रवीणराज पोखरेलज्यूले उपस्थिति सबैलाई धन्यवाद  दिदै कम्पनी देशभरि सजिलो, किफायती, भरपर्दो र सुविधाजनक डिजिटल भुक्तानी सेवा प्रदान गर्न प्रतिबद्ध रहेको कुरा व्यक्त गर्नुभयो।